काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९ सय ७२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा सिक्लेस हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सयपत्री हाइड्रोपावर, बोटलर्स नेपाल (तराई), रिडी पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपवार र युनियन हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९ सय ७२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, फरवार्ड माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनर र नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा २ प्रतिशत भन्दा धेरैले घटेको हो । फरवार्डको सेयरमा यस्तो गिरावट आउँदा इमेर्जिङ नेपाल लिमिटेड, तारागाउँ रिजेन्सी होटल, समता घरेलु लघुवित्त वित्तिय संस्था, युनिलिभर नेपाल लिमिटेड र लक्ष्मी इक्वटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्