काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२८ कम्पनीको ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड १६ लाख ८ हजार ५ सय ९८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा ६ प्रतिशतले धेरै हो । यस अलावा खप्तड लघुवित्त वित्तिय संस्था, धौलागिरी लघुवित्त वित्तिय संस्था, सयपत्री हाइड्रोपावर लिमिटेड, सिद्धार्थ इक्वटि फण्ड र एनआइबिएल सम्वृद्धि फण्ड-२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड १६ लाख ८ हजार ५ सय ९८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, ङ्गादि ग्रुप पावर र एभरेस्ट बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा धेरैले घटेको हो । युनिलिभर नेपालको सेयरमा यस्तो गिरावट आउँदा सिक्लेस हाइड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, अपर हेवाखोला हाइड्रोपावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड-१ र बिन्ध्याबसिनी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्