काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३६ कम्पनीको ३७ लाख ६१ हजार २ सय ९९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ४६ लाख ४२ हजार ७ सय ५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा गरिमा डेबेञ्चर २०८५, नेपाल लुब ओयल, सिटिजन्स म्युचुअल फण्ड-१, लक्ष्मी उन्नति कोष र जीवन विकास लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ४६ लाख ४२ हजार ७ सय ५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, शिवम् सिमेन्ट, एभरेस्ट बैंक लिमिटेड, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सिनर्जी पावर डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत भन्दा धेरैले घटेको हो । सिनर्जीको सेयरमा यस्तो गिरावट आउँदा ओरियन्टल होटल, जानकी फाइनान्स कम्पनी, १०.२५ % नेपाल एसबिआइ बैंक डिबेञ्चर २०८३, आरएसडिसी लघुवित्त वित्तिय संस्था र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किममा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्