×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ५६.१० अंकले बढ्यो नेप्से परिसूचक

PRIME CA

मंगलबार ५६.१० अंकले बढ्यो नेप्से परिसूचक

१५ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५६.१० अंकले बढेर १९३०.९७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३१ कम्पनीको ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ६५ लाख ६० हजार २ सय १५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा न्यादी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा युनिभर्सल पावर कम्पनी, युनियन हाईड्रोपावर लिमिटेड, माउनटेन हाईड्रो नेपाल, दिब्यश्वरी हाइड्रोपावर र दोर्दी खोला जल विद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ६५ लाख ६० हजार २ सय १५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, शिवम् सिमेन्ट, रिडी पावर कम्पनी, एभरेस्ट बैंक लिमिटेड र अरुण भ्याली हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा ९.५ % एनसीसी डेबेन्चर २०८६ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ३ प्रतिशत भन्दा धेरैले घटेको हो ।  ९.५ % एनसीसी डेबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-१, गरिमा डेबेन्चर २०८५, एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्स फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: