काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजारमा करेक्सन देखिएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२० कम्पनीको २७ लाख ६७ हजार ५ सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एभरेस्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ३ लाख ५१ हजार १ सय २० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहिबारको सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा नबिल ब्यालेन्स फण्ड-२, सेन्चुरी डेबेन्चर २०८८, सिटिजन्स म्युचुअल फण्ड-२, नेशनल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र सानिमा लार्ज क्याप फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एभरेस्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ३ लाख ५१ हजार १ सय २० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा गरिमा विकास बैंक लिमिटेड प्रमोटर सेयर, अरुण काबेली पावर, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट र नेपाल एसबिआइ बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत भन्दा धेरैले घटेको हो । विन नेपाल लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा मन्दाकिनी हाइड्रोपावर लिमिटेड, मैलुंग खोला जल विद्युत कम्पनी, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, बिशाल बजार कम्पनी र प्रोग्रेसिभ फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्