काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२८ कम्पनीको ३९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेष्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको १० करोड १४ लाख ९६ हजार ६ सय ८६ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा मानुषी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था, नेष्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तिय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था, स्वेत-गंगा हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको १० करोड १४ लाख ९६ हजार ६ सय ८६ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एभरेस्ट बैंक लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था, र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा नबिल इक्वीटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा २ प्रतिशत भन्दा धेरैले घटेको हो । विन नबिल इक्वीटी फण्डको सेयरमा यस्तो गिरावट आउँदा आरबिबि म्युचुअल फण्ड-१, सांग्रिला डेभलपमेन्ट बैंक डेबेन्चर २०८७ , एभरेस्ट बैंक लिमिटेड, नबिल ब्यालेन्स फण्ड-३ र सिभिल बैंक डेबेन्चर २०८८ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्