काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६.३६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२६ कम्पनीको २७ लाख ७३ हजार ७ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ५७ लाख ३२ हजार १ सय २२ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा गुराँस लघुवित्त वित्तिय संस्था, नेपाल रिइन्स्योरेन्स कम्पनी, बलेफी हाइड्रोपावर, स्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, गरिमा डेबेन्चर २०८५ र नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ५७ लाख ३२ हजार १ सय २२ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सिटिजन्स बैंक इन्टरनेसनल, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था, रिडी पावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा कालिका लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा धेरैले घटेको हो । कालिका लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा मन्दाकिनी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था, सिटिजन्स म्युचुअल फण्ड-१, ११% एनआइसी एशिया डेबेन्चर ०८२/८३ र मानुषी लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्