×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ३९.१५ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ४० करोडमाथिको कारोबार

PRIME CA

बुधबार ३९.१५ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ४० करोडमाथिको कारोबार

२३ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२३ कम्पनीको ३६ लाख ९७ हजार ७ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेष्डो सम्बृद्ध लघुवित्तको भएको छ । यस कम्पनीको ६ करोड ७८ लाख २७ हजार ६ सय १९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा अपर हेवा खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा नबिल ब्यालेन्स फण्ड ३, एनसीसी डेबेन्चर २०८६, मेगा म्युचुअल फण्ड-१, एनआइसी एशिया ब्यालेन्स फण्ड, नबिल ब्यालेन्स फण्ड-२ र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेष्डो सम्बृद्ध लघुवित्तको भएको छ । यस कम्पनीको ६ करोड ७८ लाख २७ हजार ६ सय १९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, नेपाल रिइन्स्योरेन्स कम्पनी, रिडी पावर कम्पनी र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा धेरैले घटेको हो । एक्सेलको सेयरमा यस्तो गिरावट आउँदा गुराँस लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तिय संस्था, प्रोग्रेसिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र बेस्ट फाइनान्स कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: