×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १०.५४ अंकले घट्यो नेप्से परिसूचक

PRIME CA

आइतबार १०.५४ अंकले घट्यो नेप्से परिसूचक

२७ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२५ कम्पनीको २० लाख २८ हजार ३ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ३९ लाख ९६ हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा लक्ष्मी इक्वटि फण्डका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा लक्ष्मी उन्नति कोष, मन्दाकिनी हाइड्रोपावर, संगति हाईड्रो एनर्जी, गोर्खाज फाइनान्स र ओरिएन्टल होटलका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ३९ लाख ९६ हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा निर्धन उत्थान लघुवित्त वित्तिय संस्था, नबिल बैंक, हिमालयन पावर पार्टनर, नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा नबिल ब्यालेन्स फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा धेरैले घटेको हो । नबिल ब्यालेन्स फण्डको सेयरमा यस्तो गिरावट आउँदा निर्धन उत्थान लघुवित्त वित्तिय संस्था, सिटिजन्स म्युचुअल फण्ड-१, मनकामना स्मार्ट लघुवित्त, आशा लघुवित्त वित्तिय संस्था र मिथिला लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: