×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढ्यो सेयर बजार, ९४ करोडमाथिको कारोबार हुँदा नेप्से १९०४.४५ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सोमबार बढ्यो सेयर बजार, ९४ करोडमाथिको कारोबार हुँदा नेप्से १९०४.४५ बिन्दुमा

Artha Sarokar

२८ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २१.२९ अंकले बढेर १९०४.४५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ९६ लाख ४३ हजार २ सय ७५ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा सप्तकोशी डेभलपमेन्ट बैंक, बुद्धभुमि नेपाल हाईड्रो, रिभर फल्स पावर लिमिटेड, लिबर्टी इनेर्जी कम्पनी र छ्याँग्दी हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ९६ लाख ४३ हजार २ सय ७५ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, ङ्गादि ग्रुप पावर, गोर्खाज फाइनान्स, नेस्डो सम्बृद्ध लघुवित्त र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः 

यस्तै सोमबारको सेयर बजारमा लक्ष्मी इक्वटि फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा धेरैले घटेको हो । लक्ष्मी इक्वटि फण्डको सेयरमा यस्तो गिरावट आउँदा ङ्गादि ग्रुप पावर, मन्दाकिनी हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोव्थ स्किम -२ र एनएमबि माइक्रो फाइनान्स वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी