×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार घट्यो सेयर बजार, १ अर्ब २ करोडमाथिको कारोबार हुँदा नेप्से १८९७.८६ बिन्दुमा

PRIME CA

मंगलबार घट्यो सेयर बजार, १ अर्ब २ करोडमाथिको कारोबार हुँदा नेप्से १८९७.८६ बिन्दुमा

२९ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२९ कम्पनीको २७ लाख ४५ हजार  १ सय ९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ८ करोड २२ लाख ३४ हजार ६ सय ७५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा पञ्चकन्या माई हाइड्रोपावर, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१, लक्ष्मी इक्वटि फण्ड, युनिलिभर नेपाल लिमिटेड र सयपत्री हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ८ करोड २२ लाख ३४ हजार ६ सय ७५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल दुरसंचार कम्पनी, शिवम् सिमेन्ट, नेपाल रिइन्स्योरेन्स कम्पनी र गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ८ प्रतिशत भन्दा धेरैले घटेको हो । तारागाउँ रिजेन्सीको सेयरमा यस्तो गिरावट आउँदा सिक्लेस हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था, गणपति लघुवित्त वित्तिय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक र रुरु जलविद्युत परियोजनामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: