काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १३.४० अंकले बढेर १९११.२६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३२ कम्पनीको २४ लाख ९५ हजार ६ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा ८५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ३ लाख ३८ हजार ६ सय ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा सिक्लेस हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा गणपति लघुवित्त वित्तिय संस्था, नारायणी डेभलपमेन्ट बैंक, रिडी पावर कम्पनी, तेह्रथुम पावर कम्पनी र युनाइटेड मोदी हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ३ लाख ३८ हजार ६ सय ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था र ङ्गादि ग्रुप पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत भन्दा धेरैले घटेको हो । जनउत्थानको सेयरमा यस्तो गिरावट आउँदा सबैको लघुवित्त वित्तिय संस्था, बिशाल बजार कम्पनी, बुद्धभुमि नेपाल हाइड्रोपावर, लक्ष्मी उन्नति कोष र किसान लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्