×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ७.७२ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार ७.७२ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

७ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१.९९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२३ कम्पनीको २८ लाख ३९ हजार ३ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ७७ लाख ४० हजार ४ सय ७५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा सिभिल बैंक लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा घलेम्दी हाइड्रो लिमिटेड,जानकी फाइनान्स, पिपुल्स पावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तिय संस्था र जोशी हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ७७ लाख ४० हजार ४ सय ७५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, सिभिल बैंक, शिवम् सिमेन्ट, नेशनल लाइफ इन्स्योरेन्स र ङ्गादि ग्रुप पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा स्टान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत भन्दा धेरैले घटेको हो । स्टान्डर्ड चार्टर्डको सेयरमा यस्तो गिरावट आउँदा नबिल ब्यालेन्स फण्ड-२, बुद्धभुमि नेपाल हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, बिशाल बजार कम्पनी र तेर्हथुम पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी