×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ३२.४३ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब २ करोडमाथिको कारोबार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

आइतबार ३२.४३ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब २ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३३ कम्पनीको ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ४ लाख ७ हजार १ सय १९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा डिप्रोक्स लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा जीवन विकास लघुवित्त वित्तिय संस्था, कुमारी बैंक लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, नेस्डो सम्वृद्ध लघुवित्त वित्तिय संस्था र सीइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ४ लाख ७ हजार १ सय १९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, नेपाल दुरसंचार कम्पनी, शिवम् सिमेन्ट, नेस्डो सम्वृद्ध लघुवित्त वित्तिय संस्था र हिमालयन एभरेस्ट इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा एनएमबि हाइब्रिड फण्ड एल-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ३ प्रतिशत भन्दा धेरैले घटेको हो । एनएमबि हाइब्रिडको सेयरमा यस्तो गिरावट आउँदा प्रभु सेलेक्ट फण्ड, एनआइसी एशिया ब्यालेन्स फण्ड, १०.२५ % केबिएल डिबेञ्चर २०८६, ८.५% लक्ष्मी बैंक डेबेञ्चर २०८८ र सनराइज ब्लुचिप फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: