×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ३.५१ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार ३.५१ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

१४ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३८ कम्पनीको २३ लाख ५५ हजार ८ सय ४५ कित्ता सेयर खरिद बिक्री हुँदा ८४ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ७९ लाख ३४ हजार ३ सय ८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा खप्तड लघुवित्त वित्तिय संस्था, रुरु जलविद्युत परियोजना, बुद्धभुमि नेपाल हाइड्रोपावर, स्वेत-गंगा हाइड्रोपावर र डिप्रोक्स लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ७९ लाख ३४ हजार ३ सय ८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, शिवम् सिमेन्ट, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड प्रमोटर सेयर र सिभिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा लक्ष्मी इक्वटि फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा धेरैले घटेको हो । लक्ष्मी इक्वटिको सेयरमा यस्तो गिरावट आउँदा विन नेपाल लघुवित्त वित्तिय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक, आरबिबि म्युचुअल फण्ड-१, युनाईटेड इन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी