डडेलधुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन् ।
उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् । देउवासँगै उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले पनि मतदान गरेकी छन् ।
यो संगै यसपाली डडेल्धुराको मत परिणाम रोचक बन्ने स्थानीयहरुले बताएका छन् ।
प्रधानमन्त्री देउवा सातौँ पटक डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवार छन् । देउवाले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्ने भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताए ।
आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईहरु पनि मतदानमा सहभागी हुनुहोला ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्