Skip to content
LAXMI SUNRISE BANK

डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवाले गरे मतदान, नतिजा के होला ?

अर्थ सरोकार

डडेलधुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन् ।

उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् । देउवासँगै उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले पनि मतदान गरेकी छन् ।

यो संगै यसपाली डडेल्धुराको मत परिणाम रोचक बन्ने स्थानीयहरुले बताएका छन् ।

प्रधानमन्त्री देउवा सातौँ पटक डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवार छन् । देउवाले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्ने भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताए ।

आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईहरु पनि मतदानमा सहभागी हुनुहोला ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK