काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको मतदानपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभामा आफ्नो विजयीयात्रा सुरु गरेको छ ।
काठमाडौं क्षेत्र नम्बर २ (१) मा बागमती प्रदेशसभा निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई १५१९ मतान्तरले पराजित गर्दै राप्रपाका सुनिल केसी निर्वाचित भएका छन् ।
राप्रपाका केसीले ६ हजार ६९८ मत पाउँदा एमालेका श्रेष्ठले ५ हजार ७९ मत प्राप्त गरेका छन् । यता यहि क्षेत्रबाट प्रतिनिधिसभामा राप्रपाका कुन्तिकुमारी पोखरेलले यति मत पाएकी छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले ५ हजार ३३४ मतका साथ अग्रता लिँदा राप्रपाकी कुन्तीले ३ हजार ७६९ मत मात्र गरेकी छन् ।