काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा कार्तिक २८ गते इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय बिराटनगरमा सम्पन्न भएको हो ।
साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुको साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।
साधारणसभाबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नुका साथै एक आपसमा गाभिए पश्चात् बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ कायम गर्ने निर्णय गरेको छ ।
त्यसैगरी आर्थिक बर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहायता रकम १० लाख ४४ हजार ४ सय ९९ रुपैयाँ ९२ पैसा को कम्पनी ऐनमा भएको ब्यवस्था बमोजिम अनुमोदन समेत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्