काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आगामी मंसिर महिनामा अधिकांश बीमा कम्पनी मर्जरमा जाने बताएका छन् । मंगलबार प्राधिकरणको उद्घाटन गर्दै अध्यक्ष सिलवालले बीमा क्षेत्रको सुदृृढिकरण र आवश्यकतालाई ध्यानमा राख्दै मंसिरमा मर्जर प्रक्रियाले गति लिने बताएका हुन् ।
‘मंसिर महिना गाभिन वा लगनका लागि असाध्यै उपयुक्त महिना हो’, उनले भने, ‘मंसिरमा धेरै बीमा कम्पनीहरु मर्जरमा जान्छन् ।’ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले आगामी केही वर्षमा बीमा व्यवसाय धेरैका लागि लोभ लाग्ने पेशाका रुपमा स्थापित हुने दाबी गरेका छन् ।
बीमा प्राधिकरणको आगामी कार्यकालमा राम्रा कम्पनीलाई पुरस्कृत र मापदण्ड तोड्ने कम्पनीलाई कार्वाही गरिने अध्यक्ष सिलवालले बताएका छन् । ‘अहिले हामी अधिकार प्राप्त संस्थाका रुपमा स्थापित भईसकेका छौँ’, उनले भने, ‘स्वायत्त निकायका रुपमा स्थापित भएसँगै अब बीमा सूचना केन्द्रको स्थापना गरेर सहज र सरल सूचना प्रवाहको व्यवस्था मिलाउछौँ ।’ तत्कालीन बीमा समिति ‘बीमा प्राधिकरण’मा रुपान्तरण भएसँगै अधिकारसँगै थप जिम्मेवारी थपिएको उनको भनाई छ ।
त्यस्तै, उनले स्वायत्तताको अभ्यास अराजक शैलीमा नभएर शालीन र स्पष्ट नीतिका आधारमा गरिने समेत बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्