×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मंसिर महिना असाध्यै राम्रो महिना हो, यो महिनामा धेरै कम्पनी मर्जरमा जान्छन्’ – बीमा प्राधिकरणका अध्यक्ष सिलवाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘मंसिर महिना असाध्यै राम्रो महिना हो, यो महिनामा धेरै कम्पनी मर्जरमा जान्छन्’ – बीमा प्राधिकरणका अध्यक्ष सिलवाल

Artha Sarokar

२२ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आगामी मंसिर महिनामा अधिकांश बीमा कम्पनी मर्जरमा जाने बताएका छन् । मंगलबार प्राधिकरणको उद्घाटन गर्दै अध्यक्ष सिलवालले बीमा क्षेत्रको सुदृृढिकरण र आवश्यकतालाई ध्यानमा राख्दै मंसिरमा मर्जर प्रक्रियाले गति लिने बताएका हुन् ।

‘मंसिर महिना गाभिन वा लगनका लागि असाध्यै उपयुक्त महिना हो’, उनले भने, ‘मंसिरमा धेरै बीमा कम्पनीहरु मर्जरमा जान्छन् ।’ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले आगामी केही वर्षमा बीमा व्यवसाय धेरैका लागि लोभ लाग्ने पेशाका रुपमा स्थापित हुने दाबी गरेका छन् ।

बीमा प्राधिकरणको आगामी कार्यकालमा राम्रा कम्पनीलाई पुरस्कृत र मापदण्ड तोड्ने कम्पनीलाई कार्वाही गरिने अध्यक्ष सिलवालले बताएका छन् । ‘अहिले हामी अधिकार प्राप्त संस्थाका रुपमा स्थापित भईसकेका छौँ’, उनले भने, ‘स्वायत्त निकायका रुपमा स्थापित भएसँगै अब बीमा सूचना केन्द्रको स्थापना गरेर सहज र सरल सूचना प्रवाहको व्यवस्था मिलाउछौँ ।’ तत्कालीन बीमा समिति ‘बीमा प्राधिकरण’मा रुपान्तरण भएसँगै अधिकारसँगै थप जिम्मेवारी थपिएको उनको भनाई छ ।

त्यस्तै, उनले स्वायत्तताको अभ्यास अराजक शैलीमा नभएर शालीन र स्पष्ट नीतिका आधारमा गरिने समेत बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी