×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थापाथलीको सुकुम्बासी बस्तीमा तनाब, वैकल्पिक व्यवस्थाबिनै विस्थापित गर्न खोजेको भन्दै महानगरको टोलीमाथि ढुंगामुढा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

थापाथलीको सुकुम्बासी बस्तीमा तनाब, वैकल्पिक व्यवस्थाबिनै विस्थापित गर्न खोजेको भन्दै महानगरको टोलीमाथि ढुंगामुढा

Artha Sarokar

१२ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । वैकल्पिक व्यवस्थाबिनै विस्थापित गर्न खोजको भन्दै स्थानीयले ढुंगामुढा गरेका हुन् ।

स्थानीयको आक्रमणपछि सुकुम्बासी बस्तीमा तनाव सृजना भएको छ । घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् । स्थानीयको आक्रमणबाट महानगरका कर्मचारी घाइतेसमेत भएका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी