×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देशका लागि दिन सकिने ठूलो दान नै मतदान हो’: डा. कार्की

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘देशका लागि दिन सकिने ठूलो दान नै मतदान हो’: डा. कार्की

Artha Sarokar

४ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा उम्मेदवार डा. तोसिमा कार्कीले मतदान गरेकी छन् । उनले ललितपुर महानगरपालिका वडा नं १८ स्थित रत्नज्योति परिवार महिला भवनमा मत खसालेकी हुन् ।

उनले आफू परिवर्तन र विकासका लागि उम्मेदवार भएको बताइन् । कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेकी छन् । उनको प्रतिस्पर्धीमा नेकपा माओवादी केन्द्रकी नेतृ तथा ऊर्जामन्त्री पम्फा भुसाल रहेकी छन् ।

ललितपुरको भैँसेपाटीमा मत हालेपछि डा. कार्कीले भनिन्, ‘मत माग्नु भन्दा ठूलो जिम्मेवारी मतदान हो, अहिले त्यही महसुस गरेकी छु । यो मतदानले आउँदो पुस्ताको भविष्य निर्धारण गर्छ । देशका लागि दिन सकिने ठूलो दान नै मतदान हो ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी