×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा घण्टी बज्यो, पम्फालाई हराउदै तोसिमा भईन् विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ललितपुरमा घण्टी बज्यो, पम्फालाई हराउदै तोसिमा भईन् विजयी

Artha Sarokar

८ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् । कार्कीले आफ्ना प्रतिस्पर्धीलाई भारी मतले पछि पार्दै ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएकी हुन् ।

मतगणनाको अन्तिम मत परिणाम अनुसार कार्कीले ३१ हजार १३६ मतसहित आफ्नो जित सुनिश्चित गरेकी छिन् । त्यस्तै, उनको निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका एकालेका अमृत खड्काले १२ हजार ९३६ मत प्राप्त गरेका छन् ।

यता उर्जामन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत मात्रै पाएकी छिन् । तोसिमा र पम्फाबीचको मतान्तर २२ हजार बढीको रहेको छ । भुसालले यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी