×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको चुनावी संकल्पः पैसा नहुनेले पनि सेयर किन्न पाउने, पूँजी बजारको व्यवस्थापनका लागि छुट्टै संयन्त्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एमालेको चुनावी संकल्पः पैसा नहुनेले पनि सेयर किन्न पाउने, पूँजी बजारको व्यवस्थापनका लागि छुट्टै संयन्त्र

Artha Sarokar

१५ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेले आगामी पाँच वर्षका लागि प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै एमालेले आकर्षक योजना सहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेले सार्वजनिक गरेको घोषणापत्रमा पूँजी बजारका विषयलाई पनि प्राथामिकता दिइएको छ । एमालेको घोषणापत्र अनुसार पूँजी बजार तथा वित्त बजारको व्यवस्थापनका लागि पार्टी भित्र छुट्टै संयन्त्र तयार गरिनेछ । त्यस्तै, एमालेले घोषणापत्रमा जलविद्युत आयोजना सम्पन्न गर्न सार्वजनिक, निजी र वैदेशिक लगानी जुटाइने समेत उल्लेख गरिएको छ ।

त्यस्तै मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा एमालेले पैसा नहुनेलाई जलविद्युत आयोजनाको सेयर दिने योजना समेत ल्याएको छ । ‘देशको जलस्रोतको लाभ सबै नागरिकमा पुर्याउन आकर्षक जलविद्युत् परियोजनामा जनता, सहकारी संस्था र सरकारको संयुक्त लगानी प्रवर्द्धन गरिने छ’ घोषणापत्रमा भनिएको छ ‘बचत गर्न नसक्ने व्यक्तिहरूलाई पनि यस्ता परियोजनामा सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गरिने छ ।’

एमालेको घोषणापत्रमा देउवा नेतृत्वको बर्तमान गठबन्धन सरकारले देशको आर्थिक क्षेत्रमा फैलाएको बेथिति र अराजकताका कारण आर्थिक परिसूचकहरु निराशाजनक स्थितिमा पुगेको उल्लेख गरेको छ ।

नेपाली पूँजी बजारको अवस्था दयनीय बनेको उल्लेख गर्दैै घोषणापत्रले वित्तीय प्रणालीको सुधार र पूँजी बजारको व्यवस्थापनका विषयलाई उच्च प्राथामिकतामा राखेको छ ।

 

्र

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी