काठमाडौं । उपत्यकासहित देशभर बढेको चिसोका कारण आन्तरिक उडान प्रभावित बनेका छन् । केहिदिन यता लगातार चिसो बढेसँगै तराईका अधिकांश जिल्लाहरुमा हुस्सु लागेको छ । हुस्सुकै कारण भिजिविलिटी कम भएपछि आन्तरिकतर्फका सबै उडान प्रभावित बनेका हुन् ।
उडान प्रभावित हुँदा एयरपोर्टमा यात्रुको हरिबिजोग फेरी उस्तै छ । बिहानैको फ्लाईट भन्दै एयरपोर्ट पुग्ने यात्रु दिउँसो हुँदाम्म पनि एयरपोर्टमै हुन्छन् । ‘मौसको खराबीका कारण फ्लाईट डिले हुन गएकोमा क्षमा चाहन्छौँ भनेको सुन्दै घण्टौँ बिताउनुपर्छ’, त्रिभुवन एयरपोर्टमा भेटिएका एक यात्रुले भने, ‘१०-१५ मिनेट भए पनि हुन्थ्यो, यहाँ त घन्टौ यसरी नै बिताउनुपर्छ ।’
अझ अर्का एक यात्रुले त झनै सौर्य एयरलाइन्सको जहाज ६ घण्टा डिले भएको बताएका छन् । बिहीबार काठमाडौंदेखि बिराटनगरसम्मको यात्रामा रहेका ती यात्रुले फ्लाईटको पर्खाइमा दिनै बितेको बताए । ‘खासमा मेरो फ्लाईटको समय बिहान ९ः२५ को थियो, मौसमको खराबीका कारण फ्लाइट दिउँसो ३ः२५ बजे उड्यो’, उनले भने, ‘कुर्दा-कुर्दा एयरपोर्टमा हालत खराब हुन्छ । प्लेनमा छिटो होला भन्दा गाडीमा भन्दा झन ढिलो भयो ।’
यसो त आजभोली दैनिकजसो बिहानको सबै फ्लाइट डिले नै हुनेगर्छ । हुस्सुका कारण बिहानपख तराईका सबै विमानस्थलको उडान प्रभावित हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् । ‘उडानका लागि भिजिबिलिटी न्यूनतम एक हजार ६ सय मिटर चाहिन्छ’, उनले भने, ‘हुस्सुका कारण आजभोली भिजिबिलिटी १-२ मिटरसम्म झर्छ, त्यसैले उडान प्रभावित हुन्छन् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्