×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवको अर्थमन्त्री को ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अवको अर्थमन्त्री को ?

Artha Sarokar

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंसिर ४को चुनावपछि अहिले दलहरु सरकार निर्माणका लागि कोसँग मिलेर जाने भन्ने विषयमा राम्रै दौडधुपमा लागेका छन् । गठबन्धनकै सरकार बनाउने कि गठबन्धन तोड्ने भन्ने विषयमा दलहरु छलफलमा छन् । कुरा शेरबहादुर प्रधानमन्त्री हुने कि प्रचण्ड भन्ने विषयमा अड्किएको छ । माधव नेपालले समेत प्रधानमन्त्रीको भाग खोजेपछि अहिले राजनीतिक माहोल झन् तातेको छ ।
यता कांग्रेसभित्र शेरबहादुर देउवालाई संसदीय दलको निर्वाचनमा हराएर गगन थापा प्रधानमन्त्री हुने रटान लगाईरहेका छन् । गगन थापा प्रधानमन्त्री भए रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सकरारमा जाने तयारी गरिरहेको छ । यता अर्थतन्त्रसँग सरोकार राख्नेहरु भने प्रधानमन्त्री को हुने भन्ने भन्दा पनि अर्थमन्त्री को बन्ला भन्ने पर्खाईमा छन् ।
अर्थमन्त्री कांग्रेसले पाए चौधरीको दाबी
नवलपरासी १ बाट निर्वाचिन सांसद विनोद चौधरी अर्थमन्त्रीको लागि दौडधुपमा लागिसकेका छन् । गठबन्धनकै सरकार भए उनको यो दाबी यथार्थमा परिणत हुन सक्छ । आफूसँग विद्यमान अर्थतन्त्रका संकट टार्नसक्ने प्रष्ट खाका भएको भन्दै चौधरीले अर्थमन्त्रीमा दाबी गरेका छन् । गठबन्धनकै सरकार रहेको खण्डमा माओवादी पनि यस विषयमा सकारात्मक देखिएको छ भने एकिकृत समाजवादीका नेता माधव नेपालले पनि यस विषयमा चौधरीलाई ग्रिन सिग्नल दिईसकेका छन् । तर कांग्रेसभित्रै पनि गगन थापा, वा ज्ञानेन्द्र बहादुर कार्की पनि अर्थमन्त्री हुने सम्भावना नभएको भने होइन।
माओवादीको भागमा परे जनार्दन कि शक्ति ?
अर्थमन्त्री माओवादीको भागमा परे माओवादीले दुई विकल्प अगाडी सारेको छ । पहिलो विकल्प भनेको शक्ति बस्नेतलाई अर्थमन्त्री बनाउने । दोश्रो जनार्दन शर्मालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने । तर भागबन्डाका क्रममा माओवादीको भागमा गृह मन्त्रालय वा अन्य यस्तै शक्तिशाली मन्त्रालय पर्यो भने जनार्दनले त्यसको नेतृत्व गर्नेछन् भने शक्ति बस्नेत अर्थमन्त्री हुनेछन् । यस विषयमा माओवादीभित्र छलफल सुरु भईसकेको छ ।
एमाले सरकारमा गए विष्णु पौडेलको सम्भावना
यसो त एमाले सरकारमा जाने सम्भावनालाईसमेत नकार्न सकिन्न । एमाले र माओवादी मिलेर सरकार बनाउनेगरीसमेत छलफल नभएको होइन। यदी त्यस्तो भएको खण्डमा एमालेले अर्थमन्त्रीमा विष्णु पौडेललाई अगाडी सार्ने बुझिएको छ । एमाले र माओवादी मिलेर सरकार बनाउँदा माओवादीले अन्य शक्तिशाली मन्त्रालयको दाबी गर्ने हुनाले अर्थ एमालेको भागमा पर्ने स्थिति आउन सक्ने सम्भावना बढी छ ।
रवि सरकारमा गए, हरि ढकालको सम्भावना !
यसो त राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जाने बिषयमा आन्तरिक छलफलमै छ । यदी रास्वपा सरकारमा गएको खण्डमा रास्वपाले अर्थमन्त्रालयमा स्वाभाविक दाबी गर्छ । यदी यस्तो भएको खण्डमा हरि ढकाल अर्थमन्त्रीका रुपमा अगाडी सारिनेछन् । हरि ढकालजतिको अर्थतन्त्र बुझेको व्यक्ति रास्वपाभित्रै पनि कम भएका कारण पनि यस्तो सम्भावना बढेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी