×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकार र निजी क्षेत्र एक रथका दुई पाङ्ग्रा हुन्, हुँदै नभएको दुरीलाई अनावश्यक प्रचार गरियो’ -अर्थमन्त्री शर्मा

PRIME CA
GLOBAL IME BANK

‘सरकार र निजी क्षेत्र एक रथका दुई पाङ्ग्रा हुन्, हुँदै नभएको दुरीलाई अनावश्यक प्रचार गरियो’ -अर्थमन्त्री शर्मा

२८ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै गलत प्रचार भएको बताएका छन् । बुधबार आर्थिक पत्रकार संघ (नाफिज)को १३औँ वार्षिक साधारणसभा एवम् छैठौँ महासभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘सरकार र निजी  क्षेत्रबीचको दुरीलाई अस्वभाविक रुपमा प्रचार गरियो’, अर्थमन्त्री शर्माले भने, ‘सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक छैन । गलत प्रचारको प्रभावमा नपरौँ ।’

अर्थमन्त्री शर्माले सरकार र निजी क्षेत्रलाई एक रथका दुई पाङ्ग्रा रुपमा पनि विश्लेषण गरेका छन् । ‘जसरी एक पाङ्ग्रा नहुँदा रथ गुड्दैन त्यसरी नै निजी क्षेत्र र सरकार एकअर्काबिना अधुरा छन्’, उनले भने, ‘पछिल्लो अर्थतन्त्रको विषयमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ ।’

त्यस्तै, अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधारका लागि आवश्यक छलफल गर्न सरकार तयार रहेको बताएका छन् । उनका अनुसार पछिल्लो समय नेपालको अर्थतन्त्रमा देखिएको समस्या आयातमुखी अर्थतन्त्रको नीतिका कारण हो । ‘अहिलेको आवश्यकता उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिनु हो’, अर्थमन्त्री शर्माले भने, ‘सरकार निर्यात गर्न सक्ने वस्तुहरुको प्राथमिकीकरण गरेर नीतिगतरुपमा अघि बढेको छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: