×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इतिहासमै पहिलोपटक सेयर बजारसम्बन्धि सकारात्मक निर्णय गरेपछि अर्थमन्त्रीको चौतर्फी हाईहाई !

PRIME CA

इतिहासमै पहिलोपटक सेयर बजारसम्बन्धि सकारात्मक निर्णय गरेपछि अर्थमन्त्रीको चौतर्फी हाईहाई !

१२ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । इतिहासमै पहिलोपटक सेयर बजारसम्बन्धि सकरात्मक निर्णय गरेपछि अर्थमन्त्री विष्णु पौडेल चर्चामा छन् । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकमा उनले नेपाली पूँजी बजारका विषय प्राथामिकताका साथ उठाएका थिए ।

बैठकले देशको अर्थतन्त्रमा देखिएको तरलता संकटलाई समाधानको बाटोमा लैजाने निर्णय गरेको अर्थमन्त्री पौडेलले बताए । ‘हामी पूर्ण रुपमा देशको समृद्धितर्फ केन्द्रित छौँ । र अहिलेको मुख्य समस्या भनेकै अर्थतन्त्रमा देखिएको तरलता सङ्कुचन हो’, उनले भने, ‘तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिती एवम् पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय पहिलो बैठकले गरेको छ ।’

त्यस्तै, बैठकमा चालू आर्थिक वर्षका लागि मन्त्रीहरुले वृद्धि भएको तलब नलिने निर्णय भएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।

योसँगै अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न, राजस्वको लक्ष्य प्राप्त गर्न र आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य थप सशक्त बनाउने निर्णय भएको समेत पौडेलले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: