Skip to content
LAXMI SUNRISE BANK

वाणिज्य बैंकहरुले पुसमा पनि ब्याजदर नघटाउने

अर्थ सरोकार

काठमाडौं । पुस महिनामा वाणिज्य बैंकहरुले मंसिरकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । सोमबार बसेको नेपाल बैंकर्स संघको बैठकले पुस महिनामा ब्याज यथावत् राख्ने निर्णय गरेको हो ।

मौद्रिक नीतिको समिक्षाका आधारमा ब्याजदर घटाउने वा बढाउने भन्दै मंसिरमा कात्तिकको ब्याजदरलाई निरन्तरता दिएका वाणिज्य बैंकहरुले पुसमा पनि ब्याजदर यथावत् राख्ने नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बताएका छन् ।

मंसिरमा विकास बैंक तथा फाइनान्सहरुले ब्याजदर घटाएका थिए । योसँगै वाणिज्य बैंकहरुलाई पनि ब्याजदर घटाउनका लागि चर्को दबाब परेको थियो । तर, वाणिज्य बैंकहरुले पुस महिनामा पनि ब्याजदर नघटाउने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK