Skip to content
LAXMI SUNRISE BANK

बैंकहरुको कर्जाको औसत ब्याजदर एक दशक यताकै उच्च

अर्थ सरोकार

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर एक दशक यताकै उच्च पुगेको छ । बिहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको अािर्थक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार हाल बैंकहरुको कर्जाको भारित औसत ब्याजदर साढे १२ प्रतिशतभन्दा माथि पुगेको छ ।

राष्ट्र बैंकका अनुसार कार्तिक महिनासम्ममा कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत रहेको छ । जुन, एक दशक यताकै उच्च हो । यसअघि २०६९÷७० सालमा कर्जाको भारी औसत ब्याजदर १२.६५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कमा छ ।

२०७८ कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधारदर ७.८२ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १०.६० प्रतिशत कायम भएको छ । यसरी आधार दर बढ्दा पनि कर्जाको ब्याजदर बढेको हो । त्यस्तै, २०७९ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर भने ८.३२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK