Skip to content
LAXMI SUNRISE BANK

बैंकहरुको निक्षेप ५७ अर्बले बढ्यो, कर्जामा लगानी भने सुस्त

अर्थ सरोकार

काठमाडौं । मंसिर महिनामा बैंकहरुको निक्षेप ५७ अर्बले बढेको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार पछिल्लो एक महिनमा मात्रै बैंकहरुको निक्षेप ५७ अर्ब २२ करोड रुपैयाँले बढेको हो । योसँगै बैंकहरुको कुल निक्षेप ४६ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।

‘अहिले बैंकहरुमा तरलता अभाव सुधारोन्मुख अवस्थामा छ । मंसिरमा मात्रै ५७ अर्ब निक्षेप संकलन भएको छ’, एक बैंकका सिईओले भने, ‘निर्वाचनमा भएको खर्च पुनः बैंकिङ प्रणालीमा फिर्ता आएकोले बैंकहरुको निक्षेप संकलन बढेको हो ।’

तर, बैंकहरुको निक्षेप निरन्तर बढेको भए पनि पछिल्लो समय कर्जामा लगानी भने निकै सुस्त देखिएको छ । मंसिर महिनामा मात्रै बैंकहरुको कर्जामा लगानी २ अर्ब ६ करोड रुपैयाँ मात्रै भएको बैंकर्स संघले जनाएको छ ।

मंसिर महिनासम्ममा बैंकहरुले कुल ४२ खर्ब २३ अर्ब रुपैयाँ कर्जामा लगानी गरेको देखिएको छ । कर्जामा बैंकहरुको महंगो ब्याजदरका कारण कर्जा प्रवाह कमजोर बनेको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK