×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ निर्देशन जारी गर्दै प्राधिकरणले भन्यो-‘सिईओ नियुक्त गर्दा आपराधिक पृष्ठभूमि खुल्ने प्रहरी रिपोर्ट पेश गर्नू’

काठमाडौं । नेपाल बिमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी त्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । प्राधिकरणले बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्ने उद्धेश्यले नयाँ निर्देशन जारी गरेको जनाएको छ ।

नयाँ व्यवस्था अनुसार अब बिमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्नुपर्नेछ । यस्तै, बिमालेखमा हिताग्राही/मनोनित उल्लेख गर्दा निजको पहिचानसम्बन्धी कागजात (नागरिकता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात) अनिवार्य लिनुपर्नेछ भने ऊक्त व्यक्ती उच्च राजनीतिक व्यक्ति भए/नभएको एकीन गर्नुपर्नेछ ।

योसँगै २५ लाखभन्दा बढी बीमांक कायम गरी जारी हुने जीवन बिमालेखमा इच्छ्याईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिन पनि प्राधिकरणले निर्देशन दिएको छ । बिमकका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी उपयुक्तताको परीक्षण गर्दा निजको आपराधिक पृष्ठभूमिबारे जानकारी लिन प्रहरी प्रतिवेदन अनिवार्य गर्नुपर्ने निर्देशन पनि प्राधिकरणले दिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: