×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘श्रीमती फेरिरहने’ भुवन केसीले बोली पनि फेरिरहे, केटाकेटीपन देखाउँदा ‘बदनाम’ बने फिल्म हल…’

PRIME CA

‘श्रीमती फेरिरहने’ भुवन केसीले बोली पनि फेरिरहे, केटाकेटीपन देखाउँदा ‘बदनाम’ बने फिल्म हल…’

२३ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म हलमा विश्वकप फुटबल देखाउन बन्देज गरेसँगै अहिले बोर्डको सो निर्णयप्रति चर्को विरोध भईरहेको छ । आफैले गरेको निर्णयप्रति अडिक रहन नसक्दा बोर्डले हलहरुलाई दुःख दिएको भन्दै हल सञ्चालकहरु आक्रोशित बनेका छन् ।

केही दिनअघि मात्रै आफैले अनुमति दिएर अहिले वर्ल्ड कपको लाइभ प्रसारण नगर्नुस् भन्नु बोर्डका अध्यक्ष केसीको अपरिपक्वता भएको हल सञ्चालकले आरोप लगाएका छन् । ‘नौ दिन अघि वर्ल्ड कप देखाउन हललाई अनुमति दिएर अहिले रोक लगाएसँगै बोर्डको अपरिपक्वता छताछुल्ल भएको छ’, एक हल सञ्चालकले भने, ‘योसँगै हामीमात्र होइन देशभर विश्वकप फुटबल देखाउने तयारीमा रहेका फिल्म हलहरु बदनाम बनेका छन् ।’

हलमा वर्ल्ड कप देखाउन बोर्डकै अनुमति
शुक्रबार फिल्म हलमा वर्ल्ड कपको प्रत्यक्ष प्रसारण देखाए कार्वाही गर्ने चेतावनी दिएको चलचित्र विकास बोर्ड आफैंले यसअघि विश्वकप देखाउन अनुमति दिएको पाइएको छ । नोभेम्बर ३० मा बोर्डको बक्स अफिस विभागका सूचना प्रविधि अधिकृत प्रवीण पाण्डेले हलहरुलाई फुटबल खेल प्रदर्शनको लागि कोडसहित को मेल गरेका थिए ।

‘हामीलाई बोर्डकै आधिकारिक ईमेलबाट वर्ल्ड कप प्रदर्शनको अनुमति आएको हो’, एक फिल्म हलका सञ्चालकले भने, ‘जहाँ वर्ल्ड कपलाई फिल्म सरह प्रदर्शन गर्नको लागि कोडसमेत आएको छ ।’ ती हल सञ्चालकका अनुसार टिकटको १५ प्रतिशत ट्याक्स विकास बोर्डलाई तिर्नेगरी इच्छुक हलले विश्वकप देखाउन पाउने गरी निर्देशन दिएको थियो ।

बोर्डको अपरिपक्व निर्णयले बदनाम बने फिल्म हल
शुक्रबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म हलमा वर्ल्ड कप देखाए कार्वाही गर्ने चेतावनी दिएसँगै अहिले देशभरका अधिकांश फिल्म हल अन्यौलमा परेका छन् । बोर्डको अनुमतिसँगै वर्ल्ड कप देखाउनका लागि अधिकांश हलहरुले टिकटसमेत बिक्री गरिसकेका छन् । तर, एकाएक आफैले गरेको निर्णयबाट बोर्ड पछि हट्दा दर्शकमाझमा फिल्म हल बदनाम भएको हल सञ्चालकहरुले बताएका छन् ।

‘चलाचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियति नै फिल्म इण्डस्ट्रिलाई तल गिराउने छ’, एक हलका संचालकले भने, ‘बेलाबेलामा श्रीमती फेरिरहने केसीले बोलि पनि फेरिरहन्छन र यसपाली पनि फेरे । उनको यो केटाकेटिपनले फिल्म हललाई बदनाम म्बनाएको छ ।’

‘हामीले बोर्डबाटै अनुमति पाएपछि हलमा विश्वकपको लाईभ प्रशारण गर्ने सम्पूर्ण तयारी पुरा गरिसकेका छौँ’, उनले भने, ‘अब एकाएक बोर्डले वर्ल्ड कप देखाए कार्वाही गर्छु भन्छ । अधिकांश टिकट बिक्री समेत भईसक्यो । अब दर्शकको आक्रोशलाई कसरी व्यवस्थापन गर्ने ?’ त्यस्तै कतिपय हल सञ्चालकहरुले बोर्डका अध्यक्ष भुवन केसीको अपरिपक्वाताका कारण फिल्म हल बदनाम भएकोसमेत आरोप लगाएका छन् ।

बोर्डको निर्देशनप्रति चलचित्र संघको आपत्ति
यसो त चलचित्र विकास बोर्डको निर्देशनप्रति चलचित्र संघले समेत आपत्ति जनाएको छ । विश्वकप फुटबललाई विदेशी फिल्म सरह कर बुझाएर देखाउन अनुमति दिएर अन्तिममा नदेखाउनुस् भन्नु बोर्डको केटाकेटीपन भएको चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताएका छन् । ‘बोर्डका अध्यक्ष भुवन केसीजीको नियत फिल्म हल बन्द गराउने देखियो’, उनले भने, ‘इच्छुक हलहरुले बोर्डको निर्देशनको अवज्ञा गरेर वर्ल्ड कप देखाए हुन्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: