×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

नेपाली खर्बपति बिनोद चौधरीले किने श्रीलंकाको बैंक अफ कोलोम्बोको ७१ प्रतिशत सेयर ! नेपाली रुपैयाँ कति पर्यो ?

BIZBAZAR
काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले श्रीलंकास्थित युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर खरिद गरेका छन् । पछिल्लो सटही दर अनुसार चौधरीले ४ अर्ब १४ करोड ८९ लाख ७८ हजार नेपाली रुपैयाँमा श्रीलंकास्थित सो बैंकको सो स्वामित्व किनेका हुन् ।
बैंकले श्रीलंकाको कोलोम्बो स्टक एक्सचेन्जलाई यस विषयमा जानकारी गराईसकेको छ । बैंकले त्यहाँको स्टक एक्सचेन्जलाई दिएको जानकारी अनुसार युनियन बैंक अफ कोलम्बोको मेजर सेयर होल्डर कल्चर फाइनान्सियल होल्डिङ्स प्रालि र चौधरीको प्राइभेट इक्विटी फर्म सीजी क्यापिटल पार्टनर ग्लोबल प्रालिबीच स्वामित्त्व हस्तान्तरणको सम्झौता भएको छ । डिसेम्बर १ मा भएको सो सम्झौताको जानकारी कोलोम्बो स्टक एक्सचेन्जलाई डिसेम्बर ११मा गराइएको थियो ।
चौधरीले किनेको युनियन बैंक अफ बैंक कोलम्बो, कोलोम्बो स्टक एक्सचेन्जमा पनि सूचीकृत छ । हाल बैंकको सेयर प्रति कित्ता ८ श्रीलंकन रुपे अर्थात नेपाली २ रुपैयाँ ८७ पैसामा किनबेच हुँदैछ । २०२२ को तेस्रो त्रैमासको तथ्यांक अनुसार बैंकको चुक्ता पूँजी १६ अर्ब ३३ करोड ४७ लाख ८२ हजार श्रीलंकन रुपे छ । पछिल्लो सटही दर अनुसार चौधरीले ४ अर्ब १४ करोड ८९ लाख ७८ हजार नेपाली रुपैयाँमा सो बैंकको स्वामित्व किनेका हुन्।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal