काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गरेका छन् ।
अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले पहिलो कामको रुपमा मन्त्रालय मातहतमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने घाषणा गरेका हुन् । ‘अब अर्थमन्त्रालय र सम्बद्ध सार्वजनिक नियकाका कामकार्वाहीलाई अनलाइन प्रणालीमा रुपान्तरण गरिनेछ’, उनले भने, ‘यसले सम्पूर्ण कामलाई पारदर्शी बनाउनेछ ।’
त्यस्तै, अर्थमन्त्री पौडेलले हालको अर्थतन्त्रमा थुप्रै चुनौतीहरु रहेकोले सबै पक्षसँग सहकार्य गरी समस्या समाधानतर्फ उन्मुख हुने प्रतिवद्धता गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्