×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रोप वे’मा क्षति पुग्दा मनकामना केवलकार अनिश्चितकालका लागि बन्द

PRIME CA

‘रोप वे’मा क्षति पुग्दा मनकामना केवलकार अनिश्चितकालका लागि बन्द

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विद्युत् आपूर्तिमा आएको समस्याका कारण मनकामना केवलकार अनिश्चितकालका लागि बन्द गरिएको छ । लोडसेडिङका कारण ‘रोप वे’मा क्षति पुग्दा केवल कार बन्द गरिएको अपरेशन एण्ड मेन्टिनेन्स हेड सुनिल कर्मचार्यले बताएका छन् ।

‘अचानक लोडसेडिङ हुँदा केवलकारको प्यानलमा फ्युजहरु जलेका छन्’, उनले भने, ‘मेन्टिनेन्सको काम सुरु भईसकेको छ । तर, कहिलेसम्म बन्छ भन्ने यकिन भने भएको छैन ।’ कर्मचार्यका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि केवल कार बन्द रहनेछ ।

यता मनकामना केवलकारका डेपुटी जनरल म्यानेजर उज्वल शेरचनले भने आगामी ५ दिनसम्ममा मर्मतको काम सकिने बताएका छन् । मर्मतको लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने उनले बताए । ‘सकेसम्म केवलकार छिटोभन्दा छिटो सुचारु गर्ने प्रयास रहनेछ’, उनले भने, ‘केवलकार बन्द हुँदा यात्रुमा पर्न जाने असुविधाप्रति कम्पनी गम्भिर छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: