काठमाडौँ । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड र प्रभु बैंकबीच भएको मर्जर सम्झौता भाँडिएको खबर यतिबेला चर्चामा छ । केहि दिन अघि मात्र प्रभु र क्यापिटल मर्चेन्टबीच मर्जर सम्झौता स्थगित भएको हो । तर धेरैलाई थाहा नभएको हुनसक्ने घटनाचाहिं क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले टेक ओभर गरेको छ । र यसको कारणचाहिं कम्पनीभित्र भएको अरवौंको ऋण घोटाला हो । त्यहाँका संचालकहरुले सोझा गाउँलेहरुका नाममा कम्पनी खडा गरी, करोडौं करोड ऋण लिएर आफैं चलाएका थिए, र फस्ने बेलामा सोझा गाउँलेहरु फसेका थिए । एक होइन, दुइ होइन पूरै गाउँका गाउँलेहरु यो प्रकरणमा फसे । दर्जनौं गाउँलेहरु जेल पुगे, कति जेलमै मरे, कति जेलबाट बाहिरिएका त छन्, तर यो कम्पनी र त्यहाँभित्रका दलालहरुले दिएको घाउ मेटिएको छैन ।
यसरी खुल्यो बैंकभित्रको घोटाला
कम्पनीमा करोडौंको घोटाला भएको तथ्य खुलेपछि यस कम्पनीलाई राष्ट्र बैंकले टेकओभर गर्यो । लेख्नसमेत राम्रोसँग नजान्ने सोझा गाउँलेहरुको टाउकोमा करोडौंको ऋण भार अझै पनि छ, र धेरैजना अझै जेलमा छन् । तर यो सब बदमासी गर्ने बदमासीका नाइकेहरु कोहि अझै पनि सब ऋण तिर्छु, कम्पनी फेरी चल्छ भनेर अझै गफ दिएर हिंडीरहेका छन् । घरी फलानो बैंकले हाम्रो कम्पनी किन्यो भन्ने चर्चा हुन्छ घरी, फलानोसँग भाँडियो, फलानोसँग अव कुरा मिल्दैछ भन्ने कुरा बाहिर आउँछ । तर यथार्थ यहि हो कि, यो रित्तिएको कम्पनीका नाममा भएको केहि गतिला सम्पत्तिको लोभमा केहि बैंकहरुले कौडीको भाउमा यो कम्पनी लिने दाउ गरिरहेका छन् । र त यहि कम्पनीका कारण जेलनेल भोगेको बताउंदै सो कम्पनी कौडीको भाउमा बेच्न नदिने भन्दै आजकल बेलाबेला कम्पनीको गेट अगाडी नाराजुलुस चल्छ, प्रहरीले बेला बेला लाठी चलाउँछ, बुडा भएका सीइओमाथि तनाव थपिन्छ ।
घटना २०६८ सालको हो । २०६८ सालमा नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलाई समस्याग्रस्त घोषणा गर्यो । बैंकभित्र विभिन्न कम्पनीका नाममा करोडौं रुपैयाँ ऋण लिएर सो ऋण अपचलन भएको तथ्य खुलेपछि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले २४ साउन २०६८ मा शीघ्र सुधारात्मक कारबाही गर्यो । ठूलो परिमाणको कर्जा अपचलन भएको र कर्जाको गुणस्तर अत्यन्त कमजोर भएको देखेपछी उक्त संस्था टाट पल्टेर वित्तीय क्षेत्रमै प्रणालीगत जोखिम बढ्दै जाने परिस्थिति सृजना भएको निष्कर्ष निकाल्दै नेपाल राष्ट्र बैंकले माघ १८, २०६९ मा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्यो । पछि कम्पनी टाँट पल्टिन लागेपछि नेपाल राष्ट्र बैंकले उक्त संस्थालाई टेकओभर गर्यो ।
तथ्य खोतल्दै गर्दा थाहा भयो गाउँभरीका सोझा मान्छेका नाममा कम्पनी खोलेर शम्भु केसी नाम गरेका गाउँका टाठाबाठाले सोझा गाउँलेका नाममा ऋण लिएको र सो रकम उनले र कम्पनीका पूर्वप्रबन्धकक पवन कुमार कार्कीले चलाएको तथ्य बाहिर आयो । शम्भु र पवन ज्वाई ससुरा हुन् ।
शम्भु केसी काभ्रेको मुखिया गाउँमा कुखुरा पालन गर्थे । त्यतिबेला सबैका प्यारा शम्भु मुखिया गाउँका गाउँलेका सुखदुःखका साथीसमेत थिए । सार्है भलादमी देखिने र दुख सुखमा साथ पनि दिने भएकाले शम्भुलाई गाउँलेहरुले सजिलै विश्वास गर्थे । यहि विश्वासमाथि विश्वासघात गर्दै गलत नियत बोकेर शम्भुले अनेक बहाना बनाएर गाउँले र आफन्तको नाममा जग्गा पास गरिदिन्थे । अनेक बहाना बनाएर हस्ताक्षर गर्थे, नागरिकता माग्थ्ये, फकाउँथे । त्यसपछि उनी सोझा गाउँलेका नाममा कम्पनी खोलिदिन्थे । त्यही कम्पनीको नाममा क्यापिट मर्लचेन्बाट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबाट ऋण झिक्थे । र आफैं चलाउँथे । जसको पत्तोसमेत हुँदैनथियो गाउँलेलाई ।
जव सम्भुको पोल खुल्यो
तर नेपाल राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा शम्भुको बदमासीको पोल खुल्यो । शम्भुको बदमासीको पोल खुलेपछि २०६१ साल बैशाख ३१ गते नेपाल राष्ट्र बैंकले शम्भु केसीसहितका व्यक्तिहरूविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गर्यो । र, पाटन उच्च अदालतले २९ वैशाख २०७१ मा फैसला गर्दै केसीसहितका केही व्यक्तिलाई दोषी करार गर्यो, केहीले सफाइ पाए । शम्भु केसी दोषी ठहरिए । केसीले विभिन्न ४४ जनाको नाममा जग्गा पास गराइदिने, कम्पनी खोलिदिने र त्यस्तो कम्पनीको नाममा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीबाट ऋण बनाएर पैसा आफैंले चलाउने गरेका थिए । हुन त ती ४४ जनाको दोष नभएको, आफैंले ऋण निकालेको बयानसमेत केसीले अदालतमा दिएका थिए । तर, अदालतले यी ४४ जनालाई दोषी मतियार ठहर गर्यो र अहिले पूरै गाउँका अधिकांस घरधुरीका कोहि न कोहि बैंकिङ कसुर अन्तर्गत जेलमा छन्।
यसरी शम्भुको जालमा थुप्रै गाउँलेहरु फसे । भर्खर ११-१२ पढ्दै गरेका सोझा छोराछोरीदेखि पढ्न लेख्नसमेत नजान्नेहरुको नाममा करोडौं ऋण देखियो । उनीहरुले ऋण तिर्न सक्ने अवस्था थिएन र छैन । जसका कारण कानुनी रुपमा दोषी ठहर भएका उनीहरुसँग जेल जीवन विताउनुको विकल्प भएन र छैन । कानुनी रुपमा उनीहरु अपराधी भए । केहि अझै फारार सूचीमा छन् त केहि जेलमा छन् । तर तथ्य यो पनि हो कि कानुनी रुपमा अपराधी ठहर भएका उनीहरु व्यावहारिक रुपमा निर्दोष छन् भन्ने सत्य पनि सबैले बुझेका छन् । ुबरु सयौं अपराधी छुटुन्, कोहि एक निर्दोष पनि नफसोस भन्ने कानुनी मान्यता हो भने हामीलाई बर्षौंदेखि किन अन्याय भइरहेको छ भन्ने प्रश्न र गुनासो छ गाउँलेको । घटना घटेको यति लामो समय हुँदा पनि र गाउँले हरु फसेछन् भन्ने तथ्य बुझ्दा पनि किन पुनस् न्यायिक छानविन गरिएन त रु भन्ने गुनासो आम गाउँलेहरुको छ ।
शम्भुले अनेक तानाबाना बुनेर गाउँलेहरुलाई फसाए । कसैलाई हाउजिङ व्यवसाय गर्न बैंकिङ क्षेत्रबाट ऋण लिन मिलेन, तिम्रो पोल्ट्री फर्म छ, त्यहि ऋण राखौं भनेर फसाइयो त केहीलाई मेरो जग्गा देखाउन मिलेन तिमिले यहाँ ल्याप्चे लगाईदेउ न भनेर फसाए । अझ कतिको त नागरिकता मागेर सबै काम उनकै मान्छेले गरे । दुख पर्दा केहि सहयोग गर्ने शम्भूले यतिसम्म घात गर्लान् भनेर गाउँलेहरुको मनमा छदै थिएन । तर भयो फरक । गाउँलेका नामामा करोडौं ऋण लिएर शम्भुले चलाए तर ऋण तिरेनन् । जव क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स समस्याग्रस्त भयो र छानविन अगाडी बढ्यो, शम्भुको बदमासीको पोल त खुल्यो, तर त्यति बेला निकै ढिलो भइसकेको थियो ।
यसरी थुप्रै गाउँलेहरु फसेपछि घटनाले थप उग्र रुप लियो । अहिले पवन कुमार अमेरिकामा छन् । त्यहाँकै नागरिक भएकाले नेपालको इन्टरपोललेसमेत उनलाई नेपाल झिकाउन सकेन । सम्भु केसी अहिले पनि कम्पनीको नाममा थुप्रै सम्पत्ति भएकाले कम्पनी बेचेपछि सबैले केहि पैसा पाउने र आफु पनि ऋण तिरेर थप व्यवसायमा लाग्ने रटान लगाईरहेका छन् । राष्ट्र बैंक अझै भनिरहेको छ, कानुनअनुसार जो जो ऋणी छन्, पैसा उनीहरुबाट असुलेरै छोड्नु, ऋणीहरु भनिरहेका छन्, १० हजारको मुख नदेख्नेले करोडौंको, त्यो पनि लिंदै नलिएको ऋण कसरी तिर्नु ।
अझ खास कुरा त के छ भने, यो बीचमा गाउँलेहरुलाई यति गरेपछि सबै ठिक हुन्छ भनेर पुन: सम्भु केसीको नेतृत्वमा कम्पनीसँग भएको सम्पत्ति सबै बेचेर तिर्ने भन्ने सहमतिसमेत भएको छ । लिंदै नलिएको ऋणका कारण समस्यामा परेका गाउँलेहरुले पुन: सो सहमतिमा हस्ताक्षर गरेर फसे र राष्ट्र बैंक र कम्पनीको आँखामा उनीहरुकै सहमतिमा उनीहरुको सबै सम्पत्ति लिलामी गर्नुपर्ने देखिएको छ । अझ सहमतिमा उनीहरुको जायजेथाले नपुगे अन्त खोजेर भएपनि ऋण तिर्ने भनिएको दाबी कम्पनीको छ । उ बेला बाँझो खेत भएपनि अहिले सो गाउँको सबै जग्गा बेच्दा घोटाला भएको रकम असुल हुने तर्क कम्पनी र राष्ट्र बैंकको छ ।
क्यापिटलका सीइओको भनाईसहितको भिडियो हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्