×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्कृय, सर्वोच्च फर्किने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्कृय, सर्वोच्च फर्किने तयारी

Artha Sarokar

२१ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्कृय भएको छ । संघीय संसदका महासचिव डा. भारतराज गौतमले प्रधानन्यायाधीश जबरालाई महाअभियोग प्रस्ताव निष्कृय भएको पत्र पठाएका हुन् ।

गौतमले मङ्सिर २१ गते बुधबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्यायपरिषद र जबरालाई पत्र पठाएर फागुन १, २०७८ मा जबराले कार्य सम्पादन गर्न नपाउने भनी लेखेको पत्र निष्प्रभावी भएको जानकारी दिएका हुन् ।

चोलेन्द्र शमशेरले महाभियोग संसदको कार्यकाल समाप्त भइसकेको हुँदा महाभियोग निष्प्रभावी भएकोले प्रधानन्यायाधीशको नियमित काम गर्न पाउनुपर्ने उल्लेख गर्दै पत्र पठाएका थिए । त्यसको प्रतिउत्तरमा संघीय संसदका महासचिव डा. गौतमले निलम्बन फुकुवा गरिदिएका हुन् ।

जबराविरुद्ध गत वर्षको फागुन १ गते सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी