काठमाडौं । सिभिल बैंकले मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ ।
जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्धघाटन कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनौट गरेकोमा सिभिल बैंकलाई धन्यबाद दिइन् र यसले यस भेगका जनतालाई डिजिटल माध्यमबाट बैंक कारोबार गर्न बैंकिङ साक्षरता पनि प्रदान हुने कुरा पनि बताएकी थिइन् ।
त्यसैगरी नेपालगञ्जमा आयोजित गो क्यसलेस अभियानको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । डिजीटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुबिधा सँगै सुरक्षा प्रदान गरेको कुरा उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले बताए ।
सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्