Skip to content
LAXMI SUNRISE BANK

कमोडिटी बजारका नाममा ठगी गरेको भन्दै सुनिल श्रेष्ठ पक्राउ, धितोपत्र ऐनविपरित काम गरेको आरोप !

अर्थ सरोकार

काठमाडौं । विवादित बनेको कमोडिटी बजारको नाममा ठगी गरेको भन्दै प्रहरीले सुनिल श्रेष्ठलाई पक्राउ गरेको छ ।

कानुन विपरित कारोबार गरेर सर्वसाधारणलाई ठगी गरेको भन्ने उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले पुष्टी गरेको छ । ‘हामीकहाँ ठगी गरेको भन्दै उजुरी परेको थियो’, प्रहरी स्रोतले भन्यो, ‘सोही उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको स्रोतले बताएको छ । ‘श्रेष्ठले धितोपत्र बोर्ड ऐन विपरित सञ्चालन गरेको यो कारोबारमा १३ सय भन्दा बढी व्यक्ति जोडिएका छन्’, स्रोतले भन्यो, ‘यो बजारबाट पिडीत हुनेहरुको आँकडा ठूलो छ । बिस्तारै सबै बाहिर निस्किदै छ ।’ स्रोतका अनुसार श्रेष्ठले आफ्नो कम्पनी दर्ताबिनै सञ्चालन गर्दै आएका थिए ।

वस्तु विनिमय बजार सम्बन्धी नियमावली २०७४ लागू भएसँगै एक्सचेन्ज कम्पनीहरु धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने भए पनि श्रेष्ठ मातहतका झण्डै २० वटा कम्पनीहरुले अवैध रुपमा कारोबार गर्दैै आएको स्रोतको दाबी छ । ‘कम्पनीको सञ्चालन प्रक्रिया सबै गैर काुननी छ’, स्रोतले भन्यो, ‘त्यतिमात्रै होइन् यस्ता कम्पनीहरुले गैरकानुनी रुपमा आइपिओ समेत निष्काशन गर्ने गरेका छन् ।’

श्रेष्ठ पक्राउ परेसँगै उनीमार्फत ठगीएकाहरुले उजुरी दिने क्रम बढेको प्रहरीले जनाएको छ ।

यसअघि समाचारको बीचमा एक असम्बन्धित संस्थाकोसमेत नाम परेकाले क्षमायाचनासहित सच्याईएको छ । -सम्पादक

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK