×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिपेन्द्र अग्रवालले छोडे गोल्डम्यान इन्भेष्टमेन्टको अध्यक्ष पद !

PRIME CA

दिपेन्द्र अग्रवालले छोडे गोल्डम्यान इन्भेष्टमेन्टको अध्यक्ष पद !

अर्थ सरोकार

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले खाता रोक्का गरेपछि र खाता खोल्न दिपेन्द्र अग्रवालले कम्पनीको अध्यक्ष पद छोड्नुपर्ने आशय राखेको भन्दै गोल्डम्यान इन्भेष्टमेन्टको अध्यक्ष पद छोडेका छन् । उनले केहि समय अगाडी नै सो कम्पनीको अध्यक्ष पद छोडेका हुन् । अर्थ सरोकारसँग कुराकानी गर्दै अग्रवालले आफुले गोल्डम्यान छोडेको पुष्टी गरे ।
‘धितोपत्र बोर्डले नै मैले अध्यक्ष पद नछोडी खाता नखोल्ने आशय देखाएपछि मैले के गर्नु त ? लगानीकर्ताको पैसा त जोगाउनुपर्यो । विनाकारण दुख दिनेहरुलाई के भन्ने ? के गर्ने ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै अग्रवालले भने- ‘हामीले कुनै पनि गल्ती नगर्दा पनि हामीलाई अनावश्यक दुख दिइयो । म एक्लैको पैसा भएको भए लड्ने थिएँ, अरुको पनि पैसा भएकाले लडेर बस्नुभन्दा कम्पनीको अध्यक्ष पद नै छोड्ने निर्णय गरेको हुँ ।’
‘अनि तपाईंले नै छोडेपछि कम्पनी कसरी चल्छ त ?’ अर्थ सरोकारको प्रश्नमा उनले भने – ‘मैले अध्यक्ष पद छोडेको हो, गोल्डम्यान त मेरो मनमुटुमा छ नि ।’ कुराकानीका क्रममा उनले आफ्नो कुनै पनि गल्ती नहुँदा पनि आफुलाई दोषीजस्तो देखाउन खोजिएको र यसको जवाफ समयले दिने बताए । ‘प्रचलित कानुनको अधीनमा रहेर काम गर्छु भन्दा पनि मैले लगानीकर्ताका पक्षमा आन्दोलन गरेँ भनेर मलाई अनावश्यक दु:ख दिन खोजियो । यसको जवाफ समयले दिने नै छ ।’
उनले लगानीकर्ताका पक्षमा आफुले काम गर्दा धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले आफुमाथि व्यक्तिगत रिसईवी लिएर आफ्नो बैंक खाता बन्द गराएको दाबी गरे । ‘हामीले निरज गिरीको गलत कामका विरुद्ध बोल्यौँ । त्यसपछि उनले हामीमाथि प्रतिसोध साँधे ।’ अग्रवालले भने ।
उनले ३९ जना सेयरधनी रहेको आफ्नो कम्पनी धितोपत्र ऐन अनुसार नै नभई कम्पनी ऐन अनुसार संचालनमा रहेको बताउँदै बोर्डले क्षेत्राधिकार मिचेर आफुहरुमाथि खनिएको दाबीसमेत गरे । अग्रवालले अध्यक्ष पद छोडेपछि गोल्डम्यानको खाता खोल्ने आशय बोर्डले यस अघि नै दिएको भन्दै आफुले सो पद छोडेको उनले दोहोर्याए ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन विपरित काम गरेको आरोप लगाउँदै नेपाल राष्ट्र बैंकलाई गोल्डम्यानको खाता बन्द गराउन पत्राचार गरेको थियो भने सोहि पत्रका आधारमा गोल्डम्यानको खाता बन्द भएको थियो । साथै बोर्डले यस विषयमा केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)मा पनि अनुसन्धानका लागि पत्राचार गरेको थियो । सीआईबीले सम्पूर्ण बयानको काम सकिसकेको छ । सिआईबी समक्ष गोल्डम्यानका सेयरधनीहरुले आफुले कुनै पनि गलत काम नगरेको र धितोपत्र बोर्डले आफुहरुमाथि रिसईवी राखेको बयान दिएका छन् ।
उता धितोपत्र ऐन विपरित काम गरेको भन्दै बोर्डले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरी लक्ष होल्डिङसको पनि खाता रोक्का गरेको छ । आफ्नो क्षेत्राधिकार विपरित बोर्डले आफ्नो खाता रोक्का गरेको भन्दै सो कम्पनी अहिले अदालत पुगेको छ भने अदालतले सो मुद्धा अग्राधिकारमा राखेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: