×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्र सुधारोन्मुख बाटोमा छ, चालु पूँजी कर्जा कार्यविधिबारे खुला बहस गर्न राष्ट्र बैंक तयार छ’ – गभर्नर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘अर्थतन्त्र सुधारोन्मुख बाटोमा छ, चालु पूँजी कर्जा कार्यविधिबारे खुला बहस गर्न राष्ट्र बैंक तयार छ’ – गभर्नर

Artha Sarokar

१५ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र तुलनात्मक रुपमा सुधारिदै गएको दाबी गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले गत वर्ष तिव्र दबाब झेल्नु परेको नेपालको अर्थतन्त्र अहिले सहज अवस्थामा आएको बताएका हुन् ।

‘कोरोना महामारीपछि सुधार भईरहेको अर्थतन्त्रमा रसिया र युक्रेनबीचको युद्धले नकरात्मक असर गर्यो, गतवर्ष अर्थतन्त्रले साह्रै गाह्रो अवस्थाको सामना गर्नुपर्यो’, गभर्नर अधिकारीले भने, ‘अहिले हाम्रो देशको अर्थतन्त्र दक्षिण एसियामा दोस्रो राम्रो अवस्थामा छ ।’ अर्थतन्त्र सबल हुन राजनीतिक स्थायित्वको भूमिका अहम् रहेको आशय प्रस्तुत गर्दै अधिकारीले नेपालको अर्थतन्त्र छिट्टै सकरात्मक लयमा आउने दाबी गरेका छन् ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले चालु पूँजी कर्जा कार्यविधिको प्रावधानमा भइरहेको विरोधमा खुला बहस गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् । ‘आउनुस्, हामी खुला बहस गरौँ’, गभर्नर अधिकारीले भने, ‘तर, अनुशासनमा सबै बस्नैपर्छ ।’

अर्थतन्त्र कहाँ गइरहेको छ ? भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको भन्दै रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनु पर्ने उनले बताए । आयात रोक्दा राजस्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैं रोकेर साध्य पनि नहुने उनले बताए । ‘भोलिको दिनमा यो खुल्छ, विजनेशलाई राज्यले सधैं रोकेर राख्दैन’ उनले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी