×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजारमा तरलता भित्रभित्रै सुध्रदै गएको छ’- गभर्नर

PRIME CA

‘बजारमा तरलता भित्रभित्रै सुध्रदै गएको छ’- गभर्नर

२७ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीभित्र तरलतामा सुधार आईरहेको बताएका छन् । नपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै गनर्भर अधिकारीले अर्थतन्त्रको सुधारसँगै बैंकिङ च्यानलमा तरलताको उपलब्धता बढ्दै गएको बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले वित्तीय क्षेत्र अब ट्रयाकमा आएको समेत दाबी गरे । ‘अहिले स्थायी तरलता, सुविधा आउट स्ट्यान्डिङ ५ अर्बमा झरेको छ’, उनले भने, ‘साढे ८ प्रतिशतको अन्तरबैंक दर पनि ७.०८ प्रतिशतमा झरेको छ ।’ नेपालको अर्थतन्त्रमा देखिएको संरचनात्मक समस्याको मुख्य ड्राइभर रेमिट्यान्स भएको भन्दै गभर्नर अधिकारीले यसबाट सिफ्ट हुनुपर्ने बताएका छन् ।

त्यस्तै, गभर्नर अधिकारीले गत वर्ष ९० अर्ब निक्षेप दोहोरो गणना भएको जानकारी गराउँदै त्यसमा सुधार गरिएकोसमेत जानकारी दिएका छन् ।

यसैबीच बैकर्स संघको साधारणसभाले कार्यसमिति सदस्यमा सन्तोष कोइराला र दिपक कुमार देको कार्यकाल दोहोर्‍याउने निर्णय गरेको छ । रिक्त एक पदमा एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई चयन गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: