काठमाडौं । सीडीओको हस्ताक्षर किर्ते गरेर रकम झिक्ने मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको हस्ताक्षर किर्ते गरेको आरोपमा प्रहरीले महोत्तरीको मटिहानी मन्दिरमा मानमहन्त दासलाई पक्राउ गरेको हो ।
‘७ महिना चार गते अनाधिकृत व्यक्तिले मेरो हस्ताक्षर चोरेर बैंकमा रहेको खाता फुकुवा गर्नको लागि जिल्ला प्रशासनबाट गएको भनिएको चिठ्ठि फेक हो’, सहायक सीडीओ अर्यालले भने, ‘त्यो चिठीको चलानी नम्बर पनि छैन, विषय पनि मिल्दैन । ती अनाधिकृत व्यक्ति पक्राउ परिसके कार्वाही हुन्छ ।’
त्यस्तै, हस्ताक्षर किर्ते गरेर बैंकमा रहेको ७० लाख बढी रकम झिकेको आरोप लागेका मानमहन्त दासलाई पक्राउ गरी रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले बताएका छन । ‘दासले मेगा बैंकबाट नक्कली पत्रबाट फुकुवा गरेर रकम ट्रान्सफर गरेको देखिएको छ’, उनले भने, ‘मेगा बैंकबाट मेगा बैंकमै रहेको अरु कसैको खातामा रकम ट्रान्सफर गरेको छ ।’
उनीमाथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले थप अनुसन्धान सुरु गर्ने प्रहरीको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्