×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३ तस्विरमा हेर्नुहोस् सुन्दर जानकी मन्दिर… (फोटो-कथा)

PRIME CA

१३ तस्विरमा हेर्नुहोस् सुन्दर जानकी मन्दिर… (फोटो-कथा)

२५ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिन्दु शास्त्र अनुसार ‘जानकी’ अर्थात ‘सीता’को जन्मस्थलको रुपमा रहेको जनकपुरमा मुगल शैलीमा निर्मित जानकी मन्दिर एक पवित्र धार्मिक स्थल हो । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरलाई कलाको उत्कृष्ट नमुनाको रुपमा पनि लिने गरिन्छ ।

हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थल ‘जनकपुर’मा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्यप्रदेशस्थित टिकमगढीकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गरेको भएकाले यो मन्दिरलाई नौलाख मन्दिर पनि भन्ने गरिन्छ । धार्मिक स्थलसँगै पर्यटकीय रुपमा महत्वपूर्ण गन्तव्यको रुपमा रहेको यो मन्दिरमा दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घुमफिरका लागि पुग्ने गर्दछन् ।

मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरुप हुने गरेको छ । पुजाआजासँगै प्राचिन सङ्ग्राहलयको अनुगमन गर्न पनि जानकी मन्दिरमा पर्यटकहरु पुग्ने गर्दछन् । यहाँ सीताको बाल्यकालदेखिका पहिरनहरुलाई संरक्षण गरिएको छ । योसँगै सो समयमा हुने गरेका गतिविधिलाई पनि आकर्षक रुपमा चित्रण गरी अनुगमनका लागि सङ्ग्राहलयमा राखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: