Skip to content
LAXMI SUNRISE BANK

सार्वजनिक सम्पत्तिमा क्षति गर्नेले क्षतिको भरपाई आफै गर्नुपर्ने

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पतिको हानी नोक्सानी गरेमा, जसले नोक्सानी गर्यो उसैबाट क्षतिपूर्ति भराउने निर्णय गरेको छ । महानगरले मंसिर १६ गते शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्णय गरेको हो ।

कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुन बमोजिम कारबाही एवम् हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत कानुन बमोजिम भराइने महानगरले सूचनामा उल्लेख गरेको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको भएको भन्दै कुनै पनि संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK