×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ स्टक र ब्रोकर लाइसेन्स दिने नियमावलीका विषयमा परेको रिट खारेज, नयाँ ब्रोकर सम्बन्धि मुद्धामा थप बल !

PRIME CA

नयाँ स्टक र ब्रोकर लाइसेन्स दिने नियमावलीका विषयमा परेको रिट खारेज, नयाँ ब्रोकर सम्बन्धि मुद्धामा थप बल !

१३ पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं ।  नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकरलाई लाइसेन्स दिने नियमावली खारेजको गरी पाउँ भनी सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ । बुधबार न्यायधीशहरु हरिकृष्ण कार्की , ईश्वरप्रसाद खतिवडा , डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्लसहितको पूर्ण इजलाशले उक्त रिट निवेदन खारेज गरेको हो ।

योसँगै नयाँ स्टक लाइसेन्स वितरण नगर्न भनी आएको अल्पकालीन अन्तरिम आदेश पनि पूर्ण आदेश आउँदा बदलिएर आउने सम्भावना बढेको छ ।

कात्तिक १६ गते अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: