×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई छोड्दै महेश ढकाल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा डेपुटी सीईओ भएर जाँदै !

PRIME CA

ग्लोबल आईएमई छोड्दै महेश ढकाल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा डेपुटी सीईओ भएर जाँदै !

१५ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल आईएमई बैंकका वरिष्ट डेपुटी सीईओ महेश ढकाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर पछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सिनियर डेपुटी सिइओ भएर जाने भएका छन् ।

ग्लोबल आईएमईमासमेत सेकेण्ड म्यान रहेका उनी नेपाल इन्भेष्टमेन्ट मेगामा पनि दोश्रो बरियतामा जान लागेका हुन् । सो पदमा मेगाकी रविना देशराज श्रेष्ठलाई लैजाने दुई बैंकबीच सहमती थियो । तर, नयाँ प्रेमीसँगको रमाइलो यात्राका लागि उनले बैंकिङ नै छोडेपछी सो पद खाली थियो ।

सो पदमा मेगा छोडेकी अनुपमा खुन्जेलीलाई समेत ल्याउने चर्चा भए पनि हालको इन्भेष्टमेन्ट बैंकका केही संचालकले नमानेपछि ढकाल नेपाल इन्भेष्टमेन्ट बैंकको सिनियर डेपुटी सिइओ हुने भएका हुन् ।

बैंकको सिनियर डेपुटी सिइओ बनाउन धेरैसँग भएको छलफलपछि अन्ततः ढकालसँग कुरो टुंगीएको हो । ढकालले स्वेच्छिक अवकासका लागि ग्लोबल आईएमई बैंकमा निवेदन समेत दिईसकेका छन् । अर्थात उनी महिनौँको तलब लिएर ग्लोबल छोड्दैछन् भने तुरुन्त अर्को जागिरमा जोडिदैछन् ।

उनी ग्लोबल आइएमई जानू अघि मेगामा तेश्रो बरियतामा थिए भने त्यसअघि उनी टुरिजम डेभलपमेन्ट बैंकका सिइओ थिए । ढकाल चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । उनी यसअघि लेखा व्यवसायीहरुको नियामक संस्था आइक्यानको पार्षद्समेत भईसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: