×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! मनकामना…(फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

आहा ! मनकामना…(फोटो-कथा)

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गोरखा स्थित मनकामना मन्दिर धार्मिक रुपमा मात्र होइन पर्यटकीय दृष्टिकोणले पनि प्रसिद्ध छ । वर्षेनी ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु मनकामना दर्शन कै लागि भन्दै यहाँ पुग्ने गर्छन् । तर, मनकामना दर्शनसँगै प्राकृतिक सौन्दर्यतामा रमाउन मनकामना पुग्नेहरु पनि प्रशस्तै भेटिन्छन् ।

धार्मिक शक्तिपिठका रुपमा मनकामना जति प्रसिद्ध र प्रख्यात छन्, त्यति नै प्रसिद्ध छ प्राकृतिक सौन्दर्यतामा पनि । ‘भारत लगायतका विभिन्न देशहरुबाट पनि पर्यटकहरु यहाँ आउने गर्छन्’, एक स्थानीयले भने, ‘गर्मियाममा गर्मि छल्न आउने पर्यटक बढी हुन्छन् । पुजाआजा त यहाँको मुख्य कर्म नै भयो ।’

यसो त मनकामना मन्दिर, मनकामना क्षेत्र र मनकामनाबाट देखिने सुन्दर हिमालको दृश्यले धेरैको मन सजिलै लोभ्याउने गर्दछ । र हामीले पनि मनकामनाबाट देखिने मनै लोभ्याउने दृश्यलाई तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: