×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको डिजिटल मनकामना प्रोजेक्टबारे Ground Zero रिपोर्ट : चटपटे र सुन्तला व्यापारी सबैभन्दा बढी खुसी

PRIME CA

एनएमबि बैंकको डिजिटल मनकामना प्रोजेक्टबारे Ground Zero रिपोर्ट : चटपटे र सुन्तला व्यापारी सबैभन्दा बढी खुसी

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रविधिको असीम प्रयोगले सार्है सहज बनाईदिएको बैंकिङ र डिजिटल बैंकिङले सार्है सहज बनाईदिएको नेपाली दैनिकीमा एनएमबि बैंक र फोनपेले थप सहजताको इँटा थपेको छ र विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्यका साथ एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पूरै डिजिटल बनाउने अभियान सुरु भएको छ भन्ने खबर सुनेपछि हामी पनि गोरखाको मनकामनासम्म पुगेका छौं ।
केहि समय अघिमात्र क्यूआरमार्फत् मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले  सुरु गरेको अभियानपछि त्यहाँका स्थानीय, व्यापारी र त्यहाँ पुग्ने भक्तजन कतिको लाभान्वित भएका छन् त भन्ने बुझ्न पुगेका हामीले हेर्यौं त्यहाँको डिजिटल कारोबारको स्थिति, बुझयौं ग्राहकको प्रतिक्रिया र खिच्यौं डिजिटल युगमा देखिनुपर्ने केहि खास दृश्यहरु ।
अहिले मनकामना क्षेत्र पूरै डिजिटल हुने प्रक्रियामा छ । मनकामना मन्दिर परिसरमा पूजा सामग्री, फलफुल, रेस्टुरेन्ट लगायत अरु व्यवसायको भुक्तानीका साथै मन्दिरमा भेटी दानसमेत अब विद्युतीय माध्यमबाट नै गर्न सकिने व्यवस्था गरिएको छ ।  खुद्रा पैसाको झन्झट हटेको छ, खल्तीमा पैसा बोक्नुनपर्ने भएपछि भक्तजनले एकातर्फ सहज महसुस गरेका छन् भने अर्कोतर्फ सुरक्षित पनि महसुस गरेका छन् ।
मनकामना परिसरमा दृश्यहरु यस्ता पनि देखिन्छन् कि सुन्तला व्यापार गर्नेको डोकोमाथि सुन्तला र सुन्तलाको चाङ्गमाथि क्युआर राखिएको छ । चट्पट व्यापारी अहिले मिठो चट्पट बेचेपछि क्यु आरमार्फत नै भुक्तानी लिन्छन् । न पैसा बोक्नुपर्ने झन्झट, न खुद्रा पैसाको पीर । चट्ट क्युआर स्क्यान गर्यो, भुक्तानी गर्यो ।
के होटल व्यवसायी, के होलसेल व्यवसायी, सबैलाई क्युआरका कारण सार्है सहज भएको छ मनकामना क्षेत्रमा । अव काठमाडौँ वा अन्य शहरबाट मनकामना जानेहरुले साथमा नगद नै बोक्नुपर्दैना । यतिसम्मकि मनकामनामा भेटीसमेत क्युआरमार्फत दिन सकिने भएको छ ।
एनएमबि बैंकले ल्याएको यस्तो अभियानले स्थानीय व्यापारीहरु निकै खुसी भएका छन् । कारण क्युआरले एकातर्फ सहज बनाईदिएको छ व्यवसाय भने अर्कोतर्फ बचत गर्ने बानीसमेत बसालेको छ । र त दङ्ग छन् व्यवसायीहरु र भनिरहेका छन् फोन पे र एनएमबि बैंकलाई विशेष साधुवाद ।
खुद्रा नोट गन्नुपरने झन्झट र नोट फोहोर हुने पीर हटेपछि अहिले एनएमबि बैंकका कर्मचारीलाई पनि सार्है सहज भएको छ मनकामना क्षेत्रतिर । अझ आफ्नो बैंकका ग्राहक बढेपछि र सानादेखि ठुला व्यवसायीले क्युआर कोडको भुक्तानीलाई रुचाईदिएपछि दङ्ग छन् एनएमबि बैंकका कर्मचारी पनि ।
बाँकी भिडियोमा हेर्नुहोस् :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: