×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्जुश्री फाईनान्सले ८ वर्षपछि सेयरधनीको हात खाली बनायो

PRIME CA

मन्जुश्री फाईनान्सले ८ वर्षपछि सेयरधनीको हात खाली बनायो

३ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गतवर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले विगत ८ वर्षदेखि आफ्ना सेयरधनीहरुलाई प्रत्येक वर्ष लाभांश दिँदै आएको थियो । कम्पनीले आठवर्षपछि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

‘आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण प्रतिवेदनको आधारमा यस संस्थाका सेयरधनीहरुलाई नगद लाभांश/बोनस सेयर वितरण नगर्ने प्रस्ताव राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय भएको छ ।’ कम्पनीको पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगर प्रवाह विवरण लगायतको वित्तीय विवरण/अनुसूचीहरु स्वीकृतिको लागि राष्ट्र बैंक पठाएको जानकारी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: